दसैंमा सानिमा बैंकको मोबाइल बैंकिङबाट भुक्तानी गर्दा आकर्षक क्यासब्याक

दसैंमा सानिमा बैंकको मोबाइल बैंकिङबाट भुक्तानी गर्दा आकर्षक क्यासब्याक


नेपालीहरुको महान् चाड दसैं-तिहारलाई लक्षित गर्दै सानिमा बैंकले मोबाइल बैंकिङ अभियानको सुरुवात गरेको छ । 

यस अभियानअन्तर्गत बैंकले चाडवाडमा मोबाइल बैंकिङबाट क्यूआर भुक्तानी गर्दा १० प्रतिशत अर्थात रु. १०० सम्म क्यासब्याक पाइनेछ । यो सुविधा फोन पे व्यापारीहरूको क्यूआरमा २ देखि ८ अक्टोबर तथा २० देखि २४ अक्टोबरसम्म लागू हुनेछ।

यस किसिमको अभियानले मानिसहरुमा डिजिटल भुक्तानीकाे बानीलाई प्रोत्साहन गर्ने र नगद प्रयोगलाई न्यूनीकरण गर्ने बैंकको विश्वास छ । बैंकले हाल देशभरका १२७ कार्यालय र १२० एटीएम नेटवर्कबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Logo