1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

0 Shares

५६ वर्षकी न्यान्सी आफ्नै छोराको गर्भ हुर्काउँदै, उनि आमा कि हजुरआमा ?

1
1
1
1
1
1
1
1

गर्भका बारेमा संसारमा अनौठा किस्साहरु छन् । हालै त्यस्तै एउटा गर्भको बारेमा खुलासा भएको छ ।

जुन एक आमाले छोरोको बच्चालाई जन्म दिन लागेकी छन् । कल्पना गर्नपनि गाह्रो यो यथार्थ घटना अमेरिकाको हो । जहाँ एकजना ५६ वर्षीया महिला आफ्नै छोराको बच्चाको आमा बन्दैछिन् । उनको गर्भमा आफ्नै नातिनीको भ्रुण हुर्किरहेको छ । पछिल्ला दिनमा न्यान्सी हक नामकी महिला सोसल मिडियामा निकै चर्चित छिन् । 

न्यान्सीले जुन छोरालाई जन्मएर पालनपोषण गरी हुर्काइन् अहिले त्यहीँ छोराको बच्चाको आमा बन्दैछिन् । ५६ वर्षकी न्यान्सीले आफ्नो छोराको बच्चालाई आफ्नो गर्भमा पालिरहेकी छिन् । आगामी नोभेम्बरमा उनले आफ्नी नातिनी जन्माउँदैछिन् । उनी आफुले जन्माउने बच्चाकी आमा र हजुरआमा दुवै हुन् ।

डेलीस्टारमा छापिएको समाचार अनुसार अमेरिकाको उटामा बस्ने न्यान्सीको गर्भमा उनका ३२ वर्षका छोरा जेफ र ३० वर्षकी बुहारी क्याम्ब्रियाको बच्चा हुर्किरहेको छ । उनी आफ्नै छोरा तथा बुहारीका लागि एक सरोगेट आमा बन्दैछिन् । नोभेम्बरमा उनको घरमा थप एक सदस्यको आगमन हुँदैछ । न्यान्सीले छिटै नै आफ्नी नातिनी जन्माउँदैछिन् ।

डाक्टरहरुका अनुसार ५६ वर्षकी न्यान्सीको स्वास्थ्य पूर्णरुपमा ठीक छ । नोभेम्बरमा जन्मिने शिशु उनकी पहिलो नातिनी होइनन् । त्यसअघि पनि उनका चारजना नाति नातिनी छन् । ती जुम्ल्याहा हुन् । ती सबैलाई उनकी बुहारी क्याम्ब्रियाले नै जन्माएकी हुन् । दुईपटक जुम्ल्याहा जन्माउँदा क्याम्ब्रियाको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको थियो र उनले थप बच्चा जन्माउने अवस्था रहेन । 

तर यो दम्पत्तिको अझै सन्तान जन्माउने चाहना मरेन । त्यसैले परिवार बढाउने जिम्मेवारी अब क्याम्ब्रियाकी सासु न्यान्सीले लिएकी छिन् र छोरा बुहारीको बच्चाको लागि आफ्नो कोख भाडामा दिएकी छिन् । अनौठो त के भने न्यान्सीकै लागि यो बच्चा छैटौँ बच्चा हुनेछ । यसअघि उनले पाँचौँ बच्चा जन्माइसकेकी छिन् । एजेन्सीको सहयोगमा

राेचक

प्रकाशित: १५ असोज २०७९ ०७:१५ शनिबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी