युक्रेनका चार भुभाग रुसमा गाभियो

युक्रेनका चार भुभाग रुसमा गाभियो


रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार नयाँ क्षेत्र रुसमा गाभिएको घोषणा गरेका छन् । 

पुटिनले शुक्रबार युक्रेनका डोनेत्स्क, लुहान्सक, खेरसान र ज्यापोरिजियालाई रुसमा गाभिएको घोषणा गर्दै ती क्षेत्र रुसमा समावेश गर्ने दस्तावेजमा हस्ताक्षर गरेका हुन् । यसअघि नै कब्जामा लिएको यी क्षेत्रमा रुसले केही दिनअघि जनमत संग्रह पनि गरेको थियो । 

यस क्रममा अधिकांश मत रुसमा गाभिने पक्षमा आएको उसको दाबी छ । अबको केही दिनमा रुसमा यी क्षेत्रलाई औपचारिक रूपमा समावेश गर्ने प्रक्रिया पनि सुरु हुनेछ । राष्ट्रपति पुटिनले युक्रेनलाई सैन्य कारबाही रोक्न र वार्ता सुरु गर्न आग्रह गरेका छन् । 

पुटिनले आफ्नो कब्जामा लिएको नयाँ क्षेत्रबारे कुनै वार्ता नहुने पनि स्पष्ट पारेका छन् ।  युक्रेनले भने आफ्नो भू–भाग मुक्त गराउन लडाइँ जारी राख्ने प्रतिक्रिया दिएको छ । 

Logo