६ माघ २०७८ बिहीबार

0 Shares

पोखरामा २ सय ३० जनामा डेंगु भेटियो

पोखरा,

डेंगु रोग नियन्त्रणका लागि सरोकारवाला सबैले आ–आफ्नो दायित्व पूरा गर्नु पर्नेमा जोड दिइएको छ । पोखरामा शुक्रवारसम्म २ सय ३० जना डेंगु रोगबाट संक्रमित भैसकेको अवस्थामा सम्भावित महामारी रोक्न सबैले तोकिएको दायित्व पूरा गरी नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिइएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा पोखरामा शुक्रवार आयोजित सरोकारवालाहरुसँग डेंगु रोग नियन्त्रण सम्बन्धी अन्तर्क्रियाका वक्ताले यो रोगबाट संक्रमितको संख्या क्रमशः बढिरहेकाले सम्भावित महामारी रोक्न प्रतिबद्ध हुनुपर्ने बताए ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव नरदेवी पुनले यस क्षेत्रमा यो रोग नियन्त्रणका लागि मन्त्रालयले आवश्यक सहयोग गर्न तयार रहेको बताइन् । उनले यो वा त्यो बहानामा नलागी आ–आफ्नो क्षेत्रबाट तोकिएको जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले राजनीतिक दल, नागरिक समाज, सर्वसाधारण, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैले दायित्व पूरा गरेमा रोगको महामारी छेकिने बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका नि.निर्देशक डा. भोजराज गौतमले हालसम्म पोखरा क्षेत्रमा २ सय ३० जना मानिसमा डेंगु रोगको संक्रमण भइसकेको जानकारी दिए । उनले विशेषगरी पोखरा महानगरपालिका वडा ८, ९, १०, १७ मा यो बढी देखा परेकोले त्यस वडामा विशेष चनाखो हुनुपर्ने बताए ।

डा. गौतमले रोग नियन्त्रणका लागि स्थानीयलाई परिचालन गर्नमा फोहोर व्यवस्थापनको जिम्मा लिएको पोखरा महानगर अघि सर्नुपर्ने बताए । उनले फोहोर व्यवस्थापन, खानेपानी आपूर्ति, टायर तथा कवाडी सामान व्यवस्थापनमा महानगरले अग्रसरता लिएर काम गरेमा नियन्त्रण सम्भव रहेको बताए ।
राजधानीबाट

प्रकाशित: ७ भदौ २०७६ ०६:०५ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी