नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन–३ छाडेपछि सो स्थानमा डा. भोजराज अधिकारी उठ्ने भएका छन् ।
सत्तारुढ गठबन्धनको भागवन्डामा चितवन–३ माओवादी केन्द्रलाई परे पनि प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र छाडेर गोरखा–२ रोजेपछि अधिकारीलाई सो स्थान दिन लागिएको हो ।
भरतपुर अस्पतालको अध्यक्षसमेत रहेका डा. अधिकारीलाई अध्यक्ष प्रचण्डले निर्देशन दिएपछि उनले चुनावी तयारी सुरु गरेका छन् ।
प्रतिक्रिया