लमजुङमा चार जनाको उम्मेदवारी फिर्ता

लमजुङमा चार जनाको उम्मेदवारी फिर्ता


मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । लमजुङमा प्रतिनिधि सभाका लागि १३ जनाले उम्मेदवारी दिएकोमा चार जनाले फिर्ता लिएका हुन् । 

प्रदेश सभा ‘क’ मा ६ जनाको उम्मेदवारी परेकोमा एक जनाले र प्रदेश सभा ‘ख’ मा ७ जनाको उम्मेदवारी परेकोमा एक जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका नेकपा समाजवादीकी बीना गोतामे र स्वतन्त्र उम्मेदवार प्रकाश जोशीले सत्ता गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । 

प्रदेश सभा ‘क’ मा मनोनयन दर्ता गराउनुभएका नेपाली कांग्रेस (वीपी) का अस्मिता गुरुङले सत्ता गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन्  । प्रदेश सभा ‘ख’ मा मनोनयन दर्ता गराउनुभएका हाम्रो नेपाली पार्टीका विमल घिमिरेले नेकपा (एमाले) लाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन्  । 

अब प्रतिनिधि सभामा एक जना स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी कायम रहेको छ । प्रदेश सभा ‘क’ मा ६ जनाले मनोनयन दर्ता गराएकोमा ५ जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार प्रदेश सभा ‘ख’ मा ७ जनाले मनोनयन दर्ता गराएकोमा ६ जनाको उम्मेदवारी कायम भएको छ ।

प्रतिनिधि सभा सदस्यमा एमालेका पृथ्वीसुब्बा गुरुङ, माओवादी केन्द्रका देवप्रसाद गुरुङ, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका टकबहादुर गुरुङ, नेपाली कांग्रेस (वीपी) का लक्ष्मीकान्त पौडेल, आमूल परिवर्तन मसिहा पार्टी नेपालका नन्दजङ गुरुङ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति, मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी र स्वतन्त्र उम्मेदवार चन्दन बस्यालको उम्मेदवारी कायम छ । 

प्रदेश सभा ‘क’ मा एमालेका जमीन्द्रमान घले, कांग्रेसका टकराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अप्सरा शाह, जनता समाजवादी पार्टी नेपालका सरस्वती गुरुङ र मंगोल नेशनल अर्गनाइजेशनका बृखबहादुर तामाङको उम्मेदवारी कायम भएको छ । 

प्रदेश सभा ‘ख’ तर्फ एमालेका कृष्णप्रसाद अधिकारी, कांग्रेसका भेषबहादुर पौडेल, जनता समाजवादी पार्टी नेपालका युवराज दुरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका ततबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनका राज गुरुङ र नेपाली कांग्रेस (वीपी) को नवराज बसौलाको उम्मेदवारी कायम भएको छ ।

Logo