बेलायती अभिनेत्री जोडी कोमर बनिन् विश्वकै सुन्दर महिला

बेलायती अभिनेत्री जोडी कोमर बनिन् विश्वकै सुन्दर महिला


बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला घोषित भएकी छन् । 

बियोन्से र किम कार्दसियन पनि उत्कृष्ट १० को सूचीमा अटाएका छन् । संसारकै १० सुन्दर महिलाको सूचीमा भारतबाट अभिनेत्री दीपिका पादुकोण मात्र अटाउन सफल भएकी छन् । दीपिका सूचीको नवौं स्थानमा अटाएकी छन् । ग्रीक प्रविधि ‘गोल्डेन रेसियो अफ ब्युटी’मा आधारित रहेर कम्प्युराइज्ड म्यापिङ रणनीतिबाट वैज्ञानिकले बर्सेनि यस्तो सूची सार्वजनिक गर्ने गरेका छन् ।

यसअघि हलिउड अभिनेत्री एम्बर हर्ड पनि सूचीको शीर्षस्थानमा परेकी थिइन् । विवरणअनुसार बेलायती प्लास्टिक सर्जन डा.जुलियन डे सिल्भाले अनुहारको तत्व र बनावट बराबर भएको पाइएकाले अभिनेत्री कोमरलाई विश्वकै सुन्दर महिला घोषित गरिएको बताइन् । यो सूचीमा हलिउड अभिनेत्री जेन्डाया र मोडल बेला हदिद क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । 

‘शारीरिक पूर्णताको लागि मापन गरिंदा जोडीका अनुहारका सबै तत्व पूर्ण पाइए । उनको नाक र ओठको पोजिसनिङले ९८.७ प्रतिशत अंक प्राप्त गरेको छ, जुन पूर्ण आकार प्राप्त गर्नबाट मात्र १.३ प्रतिशत मात्र टाढा छ । जोडीको नाकको लम्बाइ र चौडाले पनि उच्च स्कोर प्राप्त गरेको डा. सिल्भाले बताइन् । 

त्यस्तो स्कोरमा भारती दीपिका पादुकोणले ९१.२२ प्रतिशत अंक प्राप्त गरेकी छन् । प्रतिवेदन अनुसार सौन्दर्यको मापदण्ड समेत मानिने गोल्डेन रेसियोलाई फि पनि भनिन्छ । जुन एक गणितीय विधि हो, जसमा शारीरिक पूर्णता निर्धारण गर्न सूत्रहरु प्रयोग गरिन्छ । 

Logo