बाराही हाइड्रोपावरको आइपिओमा आवेदन दिने म्याद कहिलेसम्म ?

बाराही हाइड्रोपावरको आइपिओमा आवेदन दिने म्याद कहिलेसम्म ?


बाराही हाइड्रोपावरले ४ कात्तिकदेखि बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरिरहेको छ । यो छिटोमा १८ कात्तिकसम्म खुला रहनेछ । उक्त समयमा सबै बिक्री नभएमा भने ढिलोमा ४ मंसिरसम्म आवेदन दिन पाइनेछ।

कम्पनीले स्थानीय बासिन्दालाई एक सय रुपैयाँ अंकित मूल्यमा दुई लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसले बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाको वडा नं १, ४ र ५ अर्थात साविकको कुस्मीसेरा, सर्कुवा र विनामारे गाविसका तथा जैमिनी नगरपालीकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुको लागि आइपीओ जारी गरेको हो । 
 
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।  रेटिङ एजेन्सी इक्रा नेपालले बाराहीको आइपीओलाई ‘इक्रा एनपी आईआर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
 
यो आइपीओमा एनआइबील एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Logo