तिहार-छठ बिदा पछिको सेयर बजारः ४ अर्ब भन्दा बढीको कारोबार

तिहार-छठ बिदा पछिको सेयर बजारः ४ अर्ब भन्दा बढीको कारोबार


तिहार र छठको विदापछि कार्तिक १४ गते सोमबार खुलेको नेपाल स्टक नेप्से परिसूचक लगातार ३ दिन बढ्यो । तर बिहीबार भने घटेर बन्द भयो । यो साताको कारोबारका ४ दिनमा कूल ४ अर्ब ३६ करोड ७ लाख ४४ हजार ९५८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक १६ दशमलव ३९ अंक बढेर बन्द भयो । उक्त दिन नेप्से परिसूचक १ हजार ८७४ दशमलव ८७ विन्दुमा पुगेर बन्द भयो । कारोबारमा आएका २२४ ओटा धितोपत्रको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर ६९ करोड ७३ लाख १७ हजार  ६११ रुपैयाँमा खरीदविक्री भयो ।  

कारोबारको दोस्रो दिन मंगलवार पनि नेप्से परिसूचक ५६ दशमलव ११ अंकले वृद्धि भएर १ हजार ९३० दशमलव ९९ बिन्दुमा पुगेको हो । मंगलबार कारोबारमा आएका २३१ धितोपत्रको ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर १ अर्ब २९ करोड ६६ लाख ४ हजार ६४२ रुपैयाँ बराबरको कारोबार भयो । 

त्यस्तै, कारोबारको तेस्रो दिन बुधबार पनि नेप्से परिसूचकमा वृद्धि भयो । बुधबार बजार ७ दशमलव ३२ अंकले वृद्धि भएर १ हजार ९३८ दशमलव ३० बिन्दुमा पुगेको हो । बुधबार कारोबारमा आएका २२७ धितोपत्रको ४३ लाख ४६ हजार ७०८ कित्ता सेयर १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँ बराबरको कारोबार भयो । 

तर, तिन दिन निरन्तर उकालो लागेको बजार कारोबार हुने साताको अन्तिम दिन भने बजार घटेर बन्द भयो । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक १६ दशमलव १४ अंकले घटेर १ हजार ९२२ दशमलव १६ मा कारोबार बन्द भएको हो । 

बिहीवार निर्जीवन बीमा र जीवन बीमा बाहेकका सबै उपसूचक राताम्मे भएका छन् । सोदिन नेप्से परिसूचकमा गिरावट नेप्सेमा गिरावट आएसँगै कारोबार रकम पनि घट्यो । बिहीबार कारोबारमा आएका २२० वटा धितोपत्रको २७ लाख ६७ हजार ५३९ कित्ता सेयर ८९ करोड ८९ लाख ७ हजार ८३० रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँ बराबरको कारोबार भयो ।
 

Logo