कर्कटलाई धनलाभको योग, अन्य राशिको कस्तो छ ?

कर्कटलाई धनलाभको योग, अन्य राशिको कस्तो छ ?


आज मिती २०७९ साल कात्तिक महिनाकाे २३ गते बुधबार । तद्नुसार नोभेम्बर महिनाको ९ तारिक २०२२ ।

मार्गकृष्णपक्ष प्रतिपदा, कौलब करण, कृत्तिका नक्षत्र, वरियान योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज बिहान सूर्योदय ११ः४८ मा हुनेछ भने सूर्यास्त ५ः१५ मा हुनेछ । आज मध्यान्हको समयमा राहुकाल रहेको छ । यो समयमा कुनै शुभकार्य नगर्दा राम्रो हुन्छ । आजका देवता कुवेर र ग्रहदेव बृहस्पति हुन् । भनिन्छ, बुधबारको दिन घर गहृस्थसम्बन्धी कार्य गर्दा शुभ हुनेछ । आर्थिक कारोबारका लागि बुधबारको दिन शुभ हुनेछ । ऋण लिनु परेमा बुधबारको दिन शुभ रहेको छ । बुधबारको दिन अचल सम्पत्तिको कारोबार नगर्न बेस हुनेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सत्कार्यबाट मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिब र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । मनमा प्रसन्नता छाउनेछ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।   

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्टी रहन सक्छ । लामो यात्राका लागि अवसर आउने छ । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु बेस हुनेछ । यात्रामा निस्कनुभन्दा पहिले नजिकै रहेको कुनै पनि देवीदेवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नुभयो भने यात्रा फलदायी हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : मिथुन राशिका जातकका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ । मित्र र आफन्तलाई दिनुभएको सहयोग राशि फिर्ता हुनसक्छ । परिवारका सदस्यबाट कामको प्रशंसा हुनेछ । बिहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुपर्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : धन लाभको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस् सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान समेत मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : मनमा प्रसन्नता छाउने छ । आजको दिन मौन रहनु नै बेस हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नै बेस हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु नै राम्रो होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । 

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : व्यापार व्यवसायको कामबाट लाभ हुनसक्छ । अध्ययनअध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसीयाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सकेसम्म विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप आउँछन भने हानी हुनसक्ने सम्भावना पनि रहन्छ । व्यापार व्यवसायबाट केही फाइदा हुने काम हुनेछ । मनमा चिन्ता र भय हुनसक्छ, आत्मबल बलियो बनाउनु पर्नेछ । देवालय र शिवालय यात्रा गर्नुहोला ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापार व्यवसायबाट फाइदा हुनेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । सकारात्मक सोच राख्नै अशक्तलाई भोजन र वस्त्र दान गर्नु निकै राम्रो हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईलाई साथ सहयोग दिने कुनै मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन आफ्नो आम्दानीको १० प्रतिशत भए पनि भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । देवालय र शिवालयमा पुगेर दर्शन मात्र गर्नाले मनमा हर्ष छाउने छ । गौमाता र भोका जनावरलाई केही खाना दिनु भयो भने तपाईलाई फाइदा पुग्नेछ। चन्द्रमाको साथ रहेको छ ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गरेर मात्र यात्रा गरे बेस हुनेछ । आजको दिन अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । आर्थिक हानी हुनसक्नेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईको मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि तपाईलाई आजको दिन सफलता मिल्नेछ । परिवारका जेष्ठ सदस्यलाई केही उपहार दिनु भयो भने आशीर्वाद प्राप्त हुनेछ । घर व्यवहारको लागि चाहिने सामान खरिद गर्न सक्नुहुनेछ । 

Logo