सिपीसँग तीन पटक विवाह गरेकी माइतीघरकी माला

सिपीसँग तीन पटक विवाह गरेकी माइतीघरकी माला


नेपाली मूलकी भारतीय अभिनेत्री माला सिन्हाको नाम लिँदा जोकोहीले फिल्म ‘माइतीघर’को ‘प्राणभन्दा प्यारो माइतीघर’ सम्झन्छन् ।

फिल्ममा उनको अपोजिट सिपी लोहनी थिए । मालाको सिपीसँगै विवाह भयो । तर उनले सिपीसँग तीनपटक विवाह गर्नुपर्यो । ‘प्यासा’, ‘धूल का फूल’ र ‘माया’ जस्ता फिल्ममा दमदार अभिनय गरेकी माला बलिउडको दिग्गज अभिनेत्रीमा पर्छिन् । उनले आफ्नो करियरमा हरेक ठूला अभिनेतासँग सहकार्य गरिन् । अभिनेता धर्मेन्द्रसँग उनको जोडी दर्शकले निकै मन पराएका थिए । दर्शकले धर्मेन्द्र र मालाको जोडीलाई मन पराए पनि मालाले भने अभिनेता सिपीसँग दिल साटेकी थिइन् ।

सिपीसँग प्रेममा रहेकी मालाले सिपीसँगै विवाह गर्ने निर्णय लिएकी थिइन् । उनले निर्णय लिए पनि विवाह गर्नु कम कठिन थिएन । मालाकी आमा नेपाली र बुवा इसाई थिए । यहीकारण उनीहरुको विवाह कुन संस्कार अनुसार गर्ने भन्ने विषयमा विवाद सिर्जना भयो । तर मालाले विवाहको उपाय अपनाइन् । उनले परिवारलाई पहिला हिन्दु, त्यसपछि इसाई र अन्तिममा अदालती विवाह गर्ने निर्णय गर्ने विषयमा राजी बनाइन् । यहीकारण उनले सिपीसँग तीनपटक विवाह गर्नुपर्यो । माला हाल फिल्मबाट टाढा छिन् । उनी आफ्नो सारा समय परिवारलाई दिइरहेकी छन् ।

Logo