१० असोज २०७८ आइतबार

0 Shares

भक्तपुरबाट करिब ३७ हजार मतदाता नामावली संकलन

भक्तपुर, ९ भदौ । जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन अभियानमा ३६ हजार ८७५ जना मतदाता थपिएका छन् । 

साउन १ गतेदेखि सो कार्यलय र जिल्लाका चारवटै नगरपालिकामा गरिएको मतदाता नामावली संकलन एवं अद्यावधिक कार्यमा विभिन्न जिल्लाका नागरिकले नाम दर्ता गराएका कार्यालय प्रमुख उमेश राईले जानकारी दिए । भक्तपुर जिल्लामा मतदान गर्न पाउने जिल्लाका १४ हजार ३१३ जनाले फेटोसहितको मतदाता नामावली दर्ता गराएका छन् । 

यसअघिको स्थानीय तहको निर्वाचनमा भक्तपुर जिल्लाको कूल एक लाख ६१ हजार ५२९ जना मतदाता थिए । अभियानमा मतदाता संख्या थपिएपछि भक्तपुरमा एक लाख ७५ हजार ८४२ मतदाता पुगेको छ ।

प्रकाशित: ९ भदौ २०७४ १२:५२ शुकर्‍बार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी