सिन्धुपाल्चोक ।
जिल्लाको जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरोमा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ ।
पहिरोमा परेका मध्ये अझै ३३ जना बेपत्ता छन् । पहिरोले ३५ घर ध्वस्त भएका छन् । पहिरोमा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए। घाइतेको उद्धार जारी छ । पहिरोबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उनले बताए ।रासस
प्रतिक्रिया