दोस्रो खेलमा युएईले पहिला ब्याटिङ गर्ने

दोस्रो खेलमा युएईले पहिला ब्याटिङ गर्ने


युएईविरुद्धको दोस्रो एक दिवसीय खेल आज (बुधबार ) हुदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा युएईले  टस जितेर सुरुआती ब्याटिङ गर्ने भएको छ । रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले फिल्डिङ गर्नेछ । घरेकु मैदान उत्रदा नेपाल जितको दबाबमा हुनेछ । सोमबार सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपालले युएईलाई ८४ रनको नतिजा सुम्पिएको थियो । 

आजको खेल हारेमा नेपालले एक खेल अगावै युएईलाई तीन एक दिवसीय खेलको शृंखला २-० ले सुम्पिने छ । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग टु का लागि डिसेम्बरमा नामिबियाको भ्रमण गर्दैछ । त्यसैले नेपालले युएईविरुद्धको शृंखलालाई नामिबिया भ्रमणअघिका अभ्यास खेलको रुपमा लिएको छ ।

 

Logo