१४ माघ २०७८ शुक्रबार

0 Shares

प्रहरीको हत्या अभियोगमा युवतीसहित ६ जना पक्राउ

भीमदत्तनगर, ९ भदौ । बिहीबार भएको सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

गड्डाचौकीमा रहेको सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर बुधबार राति काम सकेर घर फर्किने क्रममा बिहीबार बिहान भीमदत्तनगरपालिका–६ मा हत्या गरिएको अवस्थामा भेटिएका थिए । 

घटनालगत्तै विस्तृत अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने अन्य शंकास्पद व्यक्तिलाई पनि सोधपुछका लागि प्रहरी कार्यालयमा बोलाउने काम भइरहेको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा जवान कुँवरसहित केही व्यक्तिले घटनापूर्व यहाँको एउटा होटलमा मादक पदार्थ समेत सेवन गरेका थिए । 

मादक पदार्थ सेवन गर्दा साथमा रहेका व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित: ९ भदौ २०७४ १४:०० शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी