प्रतिनिधिसभामा मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, २९ वर्षीय युवा विजयी

प्रतिनिधिसभामा मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, २९ वर्षीय युवा विजयी


मुस्ताङमा प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलाचनलाई पराजित गरेका हुन् ।

नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा २९ वर्षीय योगेशले तुलाचनसँग बदला लिए । मत परिणाम घोषणा हुन भने बाँकी छ । ०७४ मा तुलाचनले रोमीलाई हराएका थिए । अहिले तुलाचन योगेशसँग पराजित भएका छन् । प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे। 

नेविसंघबाट राजनीतिमा आएका योगेश अहिले कांग्रेसको गण्डकी प्रदेश समिति सदस्य तथा कार्यसम्पादन समितिमा छन् ।

Logo