यी हुन् आज कोरोनाले मृत्यु भएका ४ जना

यी हुन् आज कोरोनाले मृत्यु भएका ४ जना


नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा १—१ जना गरी ४ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषाको मिथिला नगरपालिका ७ ढल्केवरका ८५ वर्षिया महिलाको साउन २८ गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।

यस्तै अछामको रामारोशन गाउँपालिका-५ का १८ वर्षिय किशोरको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मुटुरोगबाट ग्रसित थिए । यस्तै मोरङको विराटनगर महानगरपालिका-३ का ५७ वर्षिय पुरुषको साउन २८ गते कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए ।

यसैगरी महोत्तरीको महोत्तरी मटिहानी नगरपालिका ६ का ४५ वर्षिय पुरुषको साउन २५ गते मृत्यु भएको उनले बताए । क्षयरोग र मधुमेहका ग्रसित उनको राज जानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रदेश नम्बर १ मा ८, प्रदेश नम्बर २ मा ३९ जना, बागमती प्रदेशमा १८ र गण्डकी प्रदेशमा ६ जनाको मृत्यु भएको छ । यस्तै प्रदेश नम्बर ५ मा १२ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

Logo