सुनसरी–१ मा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाको अग्रता

सुनसरी–१ मा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाको अग्रता


सुनसरी क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले अग्रता लिएका छन् । 

७ हजार ४३६ मत गणना हुँदा सुब्बाले १ हजार ५५५ मत ल्याएका छन् । यस्तै, जनता समाजवादी पार्टीका अशोकुमार राईले १ हजार ३४१ मत पाएका छन् । रास्वपाकी तामाङ १ हजार २८८ मत ल्याउँदै तेस्रो स्थानमा झरेकी छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले अग्रता लिइरहेकी थिइन् ।

स्वतन्त्र उम्मेदवार मनोजकुमार मेयाङ्बोले १ हजार १५४ मत पाएका छन् भने राप्रपाका अशोककुमार राई अविरल १ हजार ५६ मत ल्याउँदै तेस्रो स्थानमा छन् । राप्रपाका राईले सुरुवाती अग्रता लिएका थिए ।

Logo