दार्चुलामा कांग्रेस नेता बडू विजयी

दार्चुलामा कांग्रेस नेता बडू विजयी


प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट विजयी भएका छन् । 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका बडूले नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गरेका हुन् ।

बडूले २८ हजार ५१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी ठगुन्नाले २६ हजार ३८१ मत पाए ।

Logo