1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

0 Shares

'वेस्ट प्लेयर' को अवार्ड मेस्सीले जित्दा अरु अवार्ड को कसले जिते ?

1
1
1
1
1
1
1
1

यस वर्षको ‘द वेस्ट प्लेयर’ को अवार्ड वार्सिलोनाका कप्तान लियोनल मेस्सीले जितेका छन् । उनले लिभरपुलका डच डिफेन्डर भर्जिल भ्यान डाइक र युभेन्टसका पोर्चुगिज स्टार क्रिश्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

गएराति इटलीको मिलानमा फुटबलको सर्वोच्च निकाय फिफाले उनलाई उपाधि दिएको हो। ३२ वर्षीय मेस्सीले बार्सिलोनालाई ला लिगा जिताउन र च्याम्पियन्स लिगमा सेमिफाइनलसम्म पुर्‍याउन अहम भूमिका खेलेका थिए । मेस्सीको यो उपाधि करियरको छैटौँ पटक हो। यसअघि उनले सन् २०१०,२०११, २०१२ र २०१५ मा यो अवार्ड जितेका थिए ।

सन् २०१८ र १९ मा मेस्सीले क्लब र देशका लागि ५८ खेल खेल्दै ५४ गोल गरे । यता क्रिश्टियानो रोनाल्डोले ४७ खेल खेल्दै ३१ गोल गरेका छन्।

यता महिलातर्फ अमेरिकाकी मेगान रापोइले वेस्ट फिफा फुटबल अवार्ड हात पारिन्। उनले अमेरिकाकै एलेक्स मोर्गन र इङ्ल्याण्डकी लुसी ब्रोन्जलाई पछि पार्दै उपाधि जितेकी हुन्। ३४ वर्षीय रापोइ सन् २०१९ मा भएको महिला विश्वकपमा उत्कृस्ट खेलाडी छानिँदै गोल्डन बल जितेकी थिइन्। त्यस्तै, महिला विश्वकप अमेरिकालाई जिताउन उनको महत्वपूर्ण भुमिका थियो।

पुरुष प्रशिक्षक तर्फको उपाधि लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले जितेका छन् । उनले म्यान्चेष्टर सिटीका पेप गार्दियोला र टोटनह्यामका माउरिसियो पोचेटिनोलाई पछि पार्दै वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड जित्न सफल भए । उनले १४ वर्षपछि पहिलो पटक लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।

महिला टिमको प्रशिक्षकको उपाधि अमेरिकी प्रशिक्षक लिज इलिसले जितिन् । उनले इंग्ल्याण्ड राष्ट्रिय टिमका प्रशिक्षक फिल नेभिल्ले र नेदरल्याण्ड राष्ट्रिय टिमकी प्रशिक्षक सारिना विगम्यानलाई पछि पारेकी थिइन् । उनले अमेरिकालाई दुई पटक महिला विश्वकपको उपाधि जिताउन सफल भएकी थिइन् ।

वर्षको उत्कृष्ट गोलकिपरको उपाधि लिभरपुलका ब्राजिलियन गोलकिपर एलिसनले जिते । उनले म्यानचेस्टर सिटीका ब्राजिलियन गोलकिपर एडरसन र बार्सिलोनाका जर्मन गोलकिपर मार्क एन्द्रे टेर स्टेगेनलाई पछि पारेका थिए ।

यस्तै, महिला तर्फको वर्षको उत्कृष्ट गोलकिपरको अवार्ड आर्सनलकी डच गोलकिपर सारी भ्यान भिनिनडाल पाइन् । उनले फ्रेन्च क्लब पिएसजीबाट खेल्ने चिलियन गोलकिपर क्रिष्टिन इन्डलर र चेल्सीकी स्वीडिस गोलकिपर हेड्भिग लिन्डाहल र लाई पछि पारेकी थिइन् । भ्यान भिनिनडालले आफूले जितेको अवार्ड आमा, वुवा, बहिनी र डच टिमलाई समर्पित गरिन् ।

यो वर्षको पुस्कास अवार्डको मनोनयनमा परेका बार्सिलोना फरवार्ड लियोनल मेस्सी र हुवान फर्नाण्डो क्वीन्टेरोको गोललाई फिक्का सावित गर्दै ज्सोरीको गोलले पुस्कास अवार्ड पाएको हो ।

प्रकाशित: ७ असोज २०७६ १०:१० मंगलबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी