सुनसरी-४ मा कार्की र कुसियतबीच टक्कर, कार्कीलाई ४१ मतको अग्रता

सुनसरी-४ मा कार्की र कुसियतबीच टक्कर, कार्कीलाई ४१ मतको अग्रता


सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना अनितम चरणमा पुगेको छ । 

मतगणना सुरु भएदेखि नै नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र एमालेका उम्मेदवार जगदीश कुसियतबीच कडा प्रतिस्पर्धा भइरहेको छ । कार्की र कुसियत अघिपछि भइरहेकोमा पछिल्लो मपरिणाम अनुसार फेरी कांग्रेसका कार्कीले झिनो मतले अग्रता बनाएका छन् । 

क्षेत्र नं. ४ अन्तरगत बराहक्षेत्र नगरपालिकाको १० नम्बर वडाको मतगणना जारी रहँदा कार्की एमालेका उम्मेदवार कुसियतभन्दा ४१ मतले अघि छन् । कार्कीले ३०२१४ मत प्राप्त गर्दा कुसियैतले ३०१७३ मत पाएका छन् । अब सो वडाको ५५८ मत मात्र गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ । कोशी गाउँपालिकाको ६ नं. वडाको मतगणनामा कार्की एमालेका उम्मेदवार कुसियतभन्दा ८२ मतले पछि परेकोमा बराहक्षेत्र नगरपालिकाको १० नम्बर वडा गन्न थालेपछि फेरि अग्रता लिएका हुन् ।
 

Logo