स्याङ्जा- २ मा धनराज गुरुङको अग्रता कायमै

स्याङ्जा- २ मा धनराज गुरुङको अग्रता कायमै


स्याङ्जा- २ मा पछिल्लो मतपरिणामअनुसार कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहेका छन् । कांग्रेस उपसभापतिसमेत रहेका गुरुङले ६,०६५ मतसहित अग्रता कायम गरेका हुन् ।  

यस्तै, एमालेकी उम्मेदवार पद्मा अर्यालले उनलाई पछ्याइरहेकी छन् ।

अर्यालले पछिल्लो मतपरणाम अनुसार ४,७६५ मत प्राप्त गरेकी छन् । कांग्रेस उम्मेदवार गुरुङले एमालेकी अर्याललाई १,३०० मतान्तरले पछि पारेका छन् । 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १,५७५ मत ल्याएका छन् । 

४ मंसिर निर्वाचन सम्पन्न भए पनि झण्डै १२ दिन दलहरूबीचको किचलोका कारण मतगणना सुरु हुन सकेको थिएन । निर्वाचन आयोगको निर्देशनपछि बुधबार रातिदेखि मतगणना सुरु भएको हो ।

Logo