आइएमई पेको डिशहोम नकआउट अफरः सहुलियतमा वर्ल्ड कप प्याकेज

आइएमई पेको डिशहोम नकआउट अफरः सहुलियतमा वर्ल्ड कप प्याकेज


आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्ड कप प्याकेज मात्र रू. ३०० मा आइएमई पे एपबाट खरिद गर्न सक्नेछन् ।

ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड “KNOCKOUT”प्रयोग गर्नुपर्ने हुन्छ । जसमार्फत ग्राहकहरुले वर्ल्ड कप प्याकेजको पूर्ण मुल्य रू. ५ सय ६५, तिर्दा रू. २ सय ६५ क्यासब्याक स्वरुप फिर्ता प्राप्त गर्न सक्नेछन् । 

यो अफर सिमित अवधिको लागि मात्र लागु हुने र यस अफरमार्फत पहिलो ३०० ग्राहकहरुले मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सक्ने कम्पनीले जनाएकाे छ । 

Logo