माओवादी केन्द्रबाट बने चितवनका तीन जना समानुपातिक सांसद

माओवादी केन्द्रबाट बने चितवनका तीन जना समानुपातिक सांसद


नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको १४ जनाको अन्तिम नामावली छनोट गरेर निर्वाचन आयोगमा बुझाएको छ ।

माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको अन्तिम सूचीअनुसार दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङल्यामु लामा तामाङ, हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा, रुपा सोसीचौधरी, रणेन्द्र बराइली, सुशीला श्रीपाली ठकुरी, मीना यादव, उमरावतीदेवी यादव र कल्पना मियाँ रहेका छन् । 

माओवादी केन्द्रको आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले ती नामावलीलाई अन्तिम रुप दिएको हो । जसमा चितवनबाट तीन जना समानुपातिक सांसद बनेका छन् । खस आर्यबाट ज्ञानु, दलितबाट रणेन्द्र र पिछडिएको क्षेत्रबाट कल्पना छानिएका हुन् ।   

Logo