मेस्सीको बाँकी रहेको एउटै सपना ‘विश्वकप ट्रफी’

मेस्सीको बाँकी रहेको एउटै सपना ‘विश्वकप ट्रफी’


नयाँ पुस्ताका म्याजिकल फुटबलर तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले यो विश्वकपपछि फुटबलबाट बिदा लिने घोषणा गरिसकेका छन् । फुटबल यात्राभरीको उनको सबैभन्दा ठुलो सपनाको चुचुरोमा पुग्न उनी अब एक कदम मात्रै पछाडि छन् । यतिबेला उनीभन्दा बढी उनका समर्थक र फ्यानहरुको ढुकढुकी बढेको छ । सास अड्किएको छ । एउटा गहिरो प्रश्नचिन्हले घेरिएका छन् मेस्सी । उनी विश्वकपको उपाधि जितेर घर फर्किन्छन् या आफ्नो सपना फ्रान्सलाई सुम्पेर बिदा लिन्छन् ? यो प्रश्नको उत्तर पाउन अब धेरै कुर्नु पर्दैन । 

भोली आइतबार मेस्सी विश्वकपको फाइनलसँगै आफ्नो जीवनकै फाइनल खेल खेल्दै छन् । यो खेल सम्पूर्ण मेस्सीका समर्थकहरुको लागि पनि इतिहासकै फाइनल खेल हुनेछ । लियो, एटोमिक फ्ली, ला पुलगा, ला पुलगा एटोमिका, म्यासेडोना, म्याजिकल मेस्सी आदी नामले चिनिने उनी यस विश्वकपमा अझैँ आफ्नो एउटा नयाँ र सफल उपनामले आफूलाई विश्वभरी चिनाउन सफल होलान् कि नहोलान् । त्यो हेर्न बाँकी छ । 

May be an image of 1 person and outdoors

सन् १९८७ जन्मिएका फुटबल स्टार लियोनल आन्द्रेस मेस्सी क्युसिटिनी चानचुने खेलाडि होइनन् । विश्व फुटबलले अहिलेसम्म पाएका महान् खेलाडी मध्ये अब्बल भनेर चिनिने दुई ठूला नाम पेले र म्याराडोना पछि नाम आउने जादुमय खेलाडि हुन् मेस्सी । तर उनले अहिलेसम्म विश्वकप उपाधि भने जितेका छैनन् । उनले मैदानमा देखाउने कलालाई ब्याख्या गर्न उनको खेल बुझ्न जत्तिकै कठिन छ । मेस्सी खेललाई रोमाञ्चक रुपमा प्रस्तुत गर्छन् । जितको आधार तयार गर्छन्। मैदानमा विपक्षीलाई समेत प्रभावित पार्न सक्ने क्षमता उनमा देखिन्छ । मैदानमा मेस्सी हुनु र नहुनुको फरक दर्शकले नै स्पष्ट देख्छन् । 

May be an image of 2 people, people standing and people playing sportsमेस्सीले कम उमेरमानै फुटबल खेल्न शुरू गरे र चाँडै नै बार्सिलोनाले उनको क्षमता पहिचान ग-यो। उनले सन् २००० मा रोसारियोमा अवस्थित न्युवेल्स ओल्ड ब्वाइज युवा टिम छोडेर आफ्नो परिवारसित युरोप आए, किनकि बार्सिलोनाले उनको विकास हार्मोनको कमीको लागि उपचार गरिदिने प्रस्ताव राखेको थियो । सन् २००४–०५ सिजनमा पहिलो पटक मैदानमा ओर्लेर उनले सबैभन्दा कम उमेरमा लिग खेल खेल्ने फुटबल खेलाडीको ला लिगा रेकर्ड तोडे र साथै सबैभन्दा कम उमेरमा लिग गोल स्कोर गर्ने खेलाडी बने ।

14 years since Messi's first official goal with Barçaप्रथम आगमनमै उनले बार्सिलोनालाई ला लिगा जिताउन सफल भए र सन् २००६ मा पुनः सो लिग र युईएफए यूरोपियन च्याम्पियनशीप जिताएर छोटो समयमै प्रमुख सम्मान प्राप्त गरे। सन् २००६–०७ उनको सफलताको सिजन थियोः एल क्लासिकोमा एक ह्याट्रिक र २६ लिग म्याचहरूमा १४ गोल गर्दै, उनले नियमित रूपले खेल जित्ने पहिलो समुहमा ठाउँ बनाए । सम्भवतः सन् २००८–०९ को सिजन उनको सबैभन्दा सफल सिजन थियो, जसमा मेसी ३८ गोल गर्दै लगातार तेस्रो विजय अभियानको अभिन्न अङ्ग बने ।

कठीन बाल्यकालबाट गुज्रेका मेस्सीले स्पेनिस टिम बार्सिलोनामा स्थान बनाएपछि उनको फुटबल यात्राले उचाइ लिँदै गयो । १३ वर्षको उमेरमा अर्जेन्टिनाबाट स्पेन गएका मेस्सी आजको समयमा पुग्न मेहनत सानो छैन । त्यही समय युवा मेस्सीमा खास गुण छ भन्ने बुझेरै बार्सिलोनाले उनीमाथि खर्च गरेको थियो । बार्सिलोनाले त्यो समय नियालेको मेस्सीको खेल कौशल अहिले विश्वले चिनिरहेको छ । यसैले विश्व फुटबलमा उत्कृष्ट खेलाडीहरुमा मेस्सीको नाम छ । मेस्सीको खेलले फुटबलमा नयाँ पुस्ताले उर्जा पाएका छन् । दर्शकहरु खेलको सुन्दर पक्षसँग परिचित भएका छन् । मेस्सी अहिलेको कीर्तिमानी खेलाडी हुनुभन्दा अघिदेखि नै उनको प्रभाव विश्व फुटबलमा देखिएकै हो । उदाहरणका लागि अहिलेका चलेका खेलाडीहरु नेयमार, पाउलो डिबालाजस्ता खेलाडीले आफूमाथि मेस्सीको प्रभाव खुलेर बताइरहेकै हुन्थे । 

भूत र भविष्यभन्दा बाहिरको वर्तमानलाई हेर्नेहरूमध्ये धेरैले मेस्सीको निपुणता र उनको जादूलाई हेर्छन् । धेरै पटक उनलाई ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्याराडोनासँग सर्वकालीन महान खेलाडीसँग तुलना गरिन्छ । यी दुई महान खेलाडीको विपरीत मेस्सीले अहिलेसम्म विश्वकप जितेका छैनन् ।

How Lionel Messi won incredible SEVEN Ballon d'Or titles to stake his claim  as the GOAT ahead of Cristiano Ronaldo | The Sunपछिल्लो एक दशकभन्दा बढी समय बार्सिलोनाले स्पेन र युरोपमा जुन दबदबा कायम राखेको थियो, त्यसमा नायक मेस्सी नै थिए । मेस्सीले बार्सिलोनाका लागि ला लिगा, किंग्सकपदेखि च्याम्पियन्स लिग सबै जितेका छन् । सातपल्ट बालेन डी’अर पनि जिते । तर, उनले यस्तै सफलता अर्जेन्टिनालाई दिन सकेका छैनन् । गत वर्षको कोपा अमेरिका नै मेस्सीले अर्जेन्टिनाका लागि जितेको सबैभन्दा ठूलो उपाधि हो । उनले कोपा अमेरिका जिते । अब विश्वकप जित्ने पालो छ र उनीसँग सुनौलो मौका पनि छ । 

Lionel Messi's Argentina beats Brazil for Copa America title - Los Angeles  Timesजारी विश्वकपमा अर्जेन्टिनाको सुरुआत राम्रो थिएन । साउदी अरेबियासँगको पहिलो खेलमै अर्जेन्टिना पराजित भएको थियो । त्यसमा मेस्सीले पहिलो गोल त गरे, तर साउदीले दुई गोल फर्काइदियो । फेरि मेसीले केही गर्न नसक्ने आलोचना सुरु भइसकेकोे थियो । तर यसपल्ट विश्वकपमा मेस्सी गोल्डेन बल र गोल्डेन बुट दुवैको प्रमुख दाबेदार रहेका छन् । सम्भवतः उनी आफ्नो खेल जीवनकै सबैभन्दा उत्कृष्ट विश्वकप खेलिरहेका छन्, त्यो पनि ३५ वर्षको उमेरमा । अझै पनि विश्व मेस्सीप्रति विश्वस्त छ । उनका प्रशंसकहरूमा पूर्व खेलाडीहरू र दिग्गजहरू छन् जसले वर्षौंदेखि फुटबललाई कभर गरेका छन् । आइतबारको फाइनल खेलमा उनले विजयको छाप छोड्छन् कि छोड्दैनन् । त्यो भने समयले बताउला ।

Logo