1

0 Shares

राष्ट्रपतिबाट तीन विधेयक प्रमाणीकरण

1
1
1

काठमाडौं,
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट पारित तीन विधेयक शुक्रबार प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित: २५ असोज २०७६ ०७:०३ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी