कतारमा १८ नेपालीसहित कोरोनाबाट १८२ जनाको मृत्यु

कतारमा १८ नेपालीसहित कोरोनाबाट १८२ जनाको मृत्यु


  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

कोरोनाका कारण भिसा अवधि सकिएका तथा बिदा गएको ६ महिनाभित्र फर्किन नसकेकाहरूले कतार भित्रिएपछि आइडी नविकरण बापत तिर्नु पर्ने अतिरिक्त शुल्क नलिने निर्णय गरेको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ।

सरकारको यो निर्णयसँगै कतारबाट बिदामा नेपाल गएका तथा कोरोनाका कारण कतार फर्किन नसकेका हजारौँ नेपाली श्रमिकलाई प्रत्यक्ष राहत पुग्ने भएको छ । नेपालमा फसेका श्रमिकहरूले कम्पनीसँगको समन्वयमा प्रवेश अनुमति पत्र लिएको १ महिनाभित्र कतार प्रवेश गर्न सक्ने भएका छन् ।

कोरोना संक्रमण नियन्त्रणमा कतारले सफलता पाउँदै गईरहेको छ । चौथो चरण अर्थात् सेप्टेम्बरदेखि सबै प्रतिबन्ध हटाउने तयारीमा सरकार लागि परेको छ ।

स्वास्थ्य मन्त्रालयले आज जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार भाइरसका कारण थप दुईसहित १८२ जनाको मृत्यु भएको जनाएको छ ।

यस्तो छ विवरण :

कुल परीक्षण : ५ लाख १६ हजार ८२५
कुल सङ्क्रमित सङ्ख्या : १ लाख १२ हजार ६५०
स्वास्थ्य लाभगर्नेको सङ्ख्या : १ लाख ९ हजार ४३८
उपचार चलिरहेका : ३ हजार ३०
आइसियुमा रहेका : ७८ जना ।

कतारमा हालसम्म कोरोना भाइरसका कारण १८ जना नेपालीहरूको मृत्यु भएको छ ।

Logo