डलरकाे भाउ ओरालो, कुन विदेशी मुद्रा कतिमा हुँदै छ कारोबार ?

डलरकाे भाउ ओरालो, कुन विदेशी मुद्रा कतिमा हुँदै छ कारोबार ?


नेपाल राष्ट्र बैँकले मंलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 

अमेरिकी ३३ पैसाले ओरालो लागेको छ । अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ९५ पैसा र बिक्रीमा १३२ रुपैयाँ ५५ पैसा तोकिएको छ । सोमबार भने अमेरिकी डलर स्थिर थियो । युरोपियन युरो एकको खरिद १४० रुपैयाँ १७ पैसा र बिक्रीमा १४० रुपैयाँ ८१ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा करिब १ रुपैयाँले युरोपियन युरोमा ओरालो लागेको छ । यसको सोमबार खरिद १४० रुपैयाँ ४३ पैसा र बिक्रीमा १४१ रुपैयाँ ४ पैसामा भइरहेको थियो ।

अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ १० पैसा तोकिएको छ । त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८ पैसा र बिक्रीमा २४ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

कतारी रियाल  स्थिर छ । यसको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २८ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८२ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९५ पैसा रहेको छ । 

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ३५ पैसा र बिक्रीमा १० रुपैयाँ ३९ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९० पैसा र बिक्रीमा १६ रुपैयाँ ९८ पैसा, कुवेती दिनार एकको खरिददर ४३० रुपैयाँ ५९ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ५५ पैसा र बहराइन दिनार एकको खरिदमा ३४९ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ५८ पैसा नेपाल राष्ट्र बैंकले जनाएकाे छ । 
 

Logo