कर्णालीमा माओवादीले आज दलका नेता छान्दै

कर्णालीमा माओवादीले आज दलका नेता छान्दै


कर्णालीमा नेकपा (माओवादी केन्द्र)ले आज संसदीय दलको नेता छान्दै  छ ।

त्यसका लागि प्रदेश कमिटीको बैठक बसिरहेको छ ।  दल नेताका लागि चार जनाले दाबी पेश गरेका छन् ।  मंगलबार बसेको प्रदेश समन्वय समितिको बैठकमा रुकुम पश्चिमका राजकुमार शर्मा (आर्ट), कालिकोटका दुर्गबहादुर रावत र सुर्खेतका कृष्ण जिसी (जितेन्द्र) र विन्दमान विष्टले दल नेताका लागि दाबी पेश गरेका थिए ।

माओवादीका प्रदेश इञ्चार्ज कालिबहादुर मल्लले आज नै दल नेताको टुङ्गो लगाउने गरी बैठक जारी रहेको जानकारी दिए । उनका अनुसार दल नेता सर्वसम्मत तरिकाले टुङ्ग्याउने प्रयास भइरहेको छ ।

Skip This
Logo