लगातार बढेको सुनचाँदीको मूल्य आज स्थिर

लगातार बढेको सुनचाँदीको मूल्य आज स्थिर


साताको दास्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।

आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी १४ सय रुपैयाँमा नै किनबेच भएको थियो।

Skip This
Logo