एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ

एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ


काठमाण्डौँको चन्द्रागिरी नगरपालिका–११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

चन्द्रागिरी नगरपालिका–७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका–७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । स्क्रुले एटिएम खोलिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 

Logo