आहा! रारा पोखरा गोल्डकपः आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा

आहा! रारा पोखरा गोल्डकपः आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा


संकटा क्लब २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराउँदै संकटाले अन्तिम चारमा स्थान पक्का गरेको हो । संकटाको जितमा मेसुके, सुरज ज्यु ठकुरी र स्टेफन बिनोङले एकएक गोल गरे भने आर्मीका नवयुग श्रेष्ठले एक गोल गरे ।

हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रूपैयाँ पाउने छन् ।  

Logo