सुनको मूल्य यस वर्षकै उच्च

सुनको मूल्य यस वर्षकै उच्च


अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम जारी रहँदा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ।

नेपाली बजारमा बिहिबार सुनको मूल्य यस वर्षकै उच्च बिन्दुमा पुगेको छ। बुधबार तोलामा तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोला एक लाख ३ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख २ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।

Logo