राप्रपा नेपालको युवा संगठनका अध्यक्ष कटवाल राप्रपामा प्रवेश

राप्रपा नेपालको युवा संगठनका अध्यक्ष कटवाल राप्रपामा प्रवेश


कमल थापा नेतृत्वको राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष कैलाश कटवाल राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले कटवाल राप्रपामा प्रवेश गरेको जानकारी दिए। उनी शनिबार राप्रपा प्रवेश गरेका हुन्। उनलाई अध्यक्ष लिङ्देनले पार्टीमा स्वागत गरेका थिए। उनी राप्रपा नेपालका केन्द्रीय सदस्य र कार्यसम्पादन समितिका सदस्य समेत रहेका थिए । 

Logo