जनगणनाको पूर्ण विवरण केही दिनभित्रै सार्वजनिक गर्ने तयारी

जनगणनाको पूर्ण विवरण केही दिनभित्रै सार्वजनिक गर्ने तयारी


राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण केही दिनभित्रै सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा पूर्ण विवरण सार्वजनिक गरिने हुनाले प्रधानमन्त्रीको समय मिल्नेबित्तिकै सार्वजनिक गरिने कार्यालयले जनाएको छ ।
कार्यालयले गत माघमा जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । 

Logo