कतारले गऱ्यो ९० नेपालीलाई डिपोर्ट, २ उडानमा ४०५ नेपाली स्वदेश फर्किए

कतारले गऱ्यो ९० नेपालीलाई डिपोर्ट, २ उडानमा ४०५ नेपाली स्वदेश फर्किए


  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

कतारबाट बुधबार बिहान र साँझ गरी दुई वटा जहाजले नेपालका लागि उडान भरेका छन् । कतारको हमाद विमानस्थलबाट हिमालयन एयरलाइन्ससँगै कतार एयरवेजले पनि उडान भरेको हो । सहजीकरण उडान अन्तर्गत हिमालयन एयरलाइन्सले २५ औँ तथा कतार एयरलाइन्सले पाँचौं उद्धार उडान गरेको हो ।

वैदेशिक रोजगारी अन्तर्गत नेपालीको प्रमुख गन्तव्य कतारमा कानुन उल्लघंनको कसुरमा जेल जीवन बिताई रहेका तथा फिर्ती केन्द्रमा रहेकाहरूलाई डिपोर्ट गर्ने कार्यलाई कतारले तीव्रता दिएको छ । यसै क्रममा बुधबार बिहान ९० जना नेपालीलाई कतारबाट डिपोर्ट गरिएको छ भने चार फरक फरक कम्पनिका १६१ जना कामदारसहित २५१ जनालाई कतार एयरलाइन्सले उद्धार उडान गरी नेपाल पुऱ्याएको जानकारी दूतावासका दित्तिय सचिव प्रवीण भट्टराईले दिएका छन् ।

उक्त उडानमा विभिन्न समयमा मृत्यु भएका २ जना नेपालीको शव पनि नेपाल पठाइएको जानकारी दित्तिय सचिव भुवन प्र भट्टले गराए । गए राति २५ औं सहजिकरण उडानमार्फत कतारबाट ८ महिलासहित १५४ जना लिएर हिमालयन एयरलाईन्सले उडान भरेको नियोगका श्रम सहचारी अनुज गौतमले जानकारी दिएका छन् ।

नेपाल प्रस्थान गर्ने यात्रुहरूको बिदाइ तथा सहजिकरणका लागि नेपाली राजदूतावासका तर्फबाट गौतमका साथै तृतीय सचिव तुलसी कोइराला दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । २५ औँ तथा कतार एयरवेजको उडानसहित कुल ४ हजार ५ सय ९४ तथा विभिन्न समयमा विभिन्न कारणले मृत्युवरण गरेका ४६ जना नेपालीको शव नेपाल पुगी सकेको छ ।

अगष्टको ८ र ९ मा हिमालयन तथा ९ र १० मा नेपाल एयरलाईन्सले कतारबाट थप उडान गर्ने तालिका रहेको नेपाली राजदूतावास कतारले एक सूचनामार्फत जनाएको छ ।

Logo