राष्ट्रपति भण्डारी सुनसरी जाँदै

राष्ट्रपति भण्डारी सुनसरी जाँदै


राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरीको पिण्डेश्वर, बूढासुब्बा, चतराधाम र बराहक्षेत्र जाँदै छिन् ।

आज मकर संक्रान्तिका अवसरमा दर्शन तथा पूजाआजाका लागि राष्ट्रपति भण्डारी ती धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जान लागेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनी केही बेरमा काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बराहक्षेत्र पुग्ने र त्यसपछि अरू धामको दर्शन तथा पूजाका लागि लाग्ने बताइएको छ ।

Logo