प्रतिनिधिसभा उपसभामुख पदका लागि निर्वाचन शुरु

प्रतिनिधिसभा उपसभामुख पदका लागि निर्वाचन शुरु


प्रतिनिधि सभा उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ । शनिवारको प्रतिनिधि सभा बैठकमा दुवै पक्षका प्रश्तावक, समर्थक र सांसदहरुले बोलिसकेपछि उपसभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया शुरु भएको हो । 

उपसभामुखका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर रहेकी छन् भने नेपाली काँग्रेसबाट मुक्ताकुमारी यादव रहेका छन् । रानामगरको प्रश्तावकमा सोविता गौतम र समर्थकमा कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्रप्रसाद लिङदेन छन् । त्यस्तै यादवको प्रश्तावकमा बद्रीप्रसाद पाण्डे र समर्थकमा मेटमणि चौधरी र सर्वेन्द्रनाथ शुक्ला रहेका छन् । 

Logo