नेपालकाे आकाशमा शीतयुद्ध मडारिएको छः रामचन्द्र पौडेल

नेपालकाे आकाशमा शीतयुद्ध मडारिएको छः रामचन्द्र पौडेल


नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले नेपालको आकाशमा शीतयुद्ध मडारिएको बताएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली आकाशमा शीतयुद्ध मडारिएको बताएका हुन् । भूराजनीतिक दबाबसहित नेपाली आकाशमा शीतयुद्ध मडारिएको भन्दै उनले यसको सामना गर्न सर्वदलीय सहमतिअनुसार अघि बढ्नुपर्ने बताए ।

बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना प्रदान गर्ने क्रम जारी छ । गत माघ ५ गते प्रतिनिधिसभाबाट निवनिर्वाचित सभामुख घिमिरे सत्तारुढ नेकपा एमालेका सांसद थिए । यता, माघ ७ गते निर्वाचित उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद थिइन् । 

Logo