दोस्रो चरणको पाइपलाइन परियोजना अन्तर्गत भर्टिकल ट्यांकहरुको निर्माण शुरु

दोस्रो चरणको पाइपलाइन परियोजना अन्तर्गत भर्टिकल ट्यांकहरुको निर्माण शुरु


नेपाल आयल निगमले भर्टिकल ट्यांकहरुको निर्माण शुरु गरेको छ ।

निगमले आगामी अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजना अन्तर्गत भर्टिकल ट्यांकहरुको निर्माण शुरु गरेको हो । निगमको मधेस प्रादेशिक कार्यालय अन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल र ट्रान्समिक्स ट्यांकको गत मंसिर २९ गते शिलान्यास गरी निर्माण कार्य शुरु भएको हो ।

निगमले मोतीहारी–अमलेखगञ्ज पाइपलाइनमार्फत २०७६ भदौदेखि डिजेल आयात गरिरहेको छ । मोतीहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना डिजेल र पेट्रोल दुवै ल्याउने भएपनि पेट्रोल भण्डार गर्न ट्यांकी नहुँदा डिजेल मात्रै आयात भइरहको थियो । अमलेखगञ्ज डिपोका प्रमुख प्रदीपकुमार यादवले अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी भर्टिकल ट्यांकहरुको निर्माणमा आवश्यक सबै तयारी पूरा गरी निर्माण कार्यको शुरुवात गरिएको बताए ।

उनले दोस्रो चरणको योजना निर्माणको लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्त रुपमा लगानी गर्नेगरी सम्झौता भएर काम अगाडि बढेको बताए । उनले दुई वटा पेट्रोल ट्यांकमध्ये निगम र आईओसीले १÷१ वटा ट्यांकको लागत व्यहोर्ने जानकारी दिए । प्रमुख यादवले पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि २ वटा ट्रान्समिक्स ट्यांक र डिपोभित्रको सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक भारतीय पक्षले निर्माण गरिदिने बताए ।

उनका अनुसार निगमले करिव ७५ करोड भारतीय रुपैयाँ खर्च गर्ने अनुमान गरिएको छ । उनले निगमले एउटा पेट्रोल ट्यांक, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्युएस र पीएमसीसी कक्षको निर्माण गर्ने बताए । उनले निगमको १ अर्ब ५४ करोड भारतीय रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको बताए । उनले भारतबाट डिजेल र पेट्रोल दुवै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी र टेक्नीकल खर्चमा मासिक रुपमा निगमलाई १५ करोड रुपैयाँ बचत हुने बताए ।

उनले अहिले डिजेल मात्रै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी भाडा र टेक्नीकल खर्चमा वार्षिक रुपमा करिव २ अर्ब रुपैयाँ बचत भएको बताए । उनले दोस्रो चरणको भर्टिकल ट्यांकहरु निर्माण कार्य आगामी डिसेम्बरसम्म सम्पन्न गरेर अंग्रेजी नयाँ वर्षमा पेट्रोल पाइपलाइनमार्फत आयात गरिने पनि बताए । उनले दोस्रो चरणमा ४ हजार १ सय किलोलिटर क्षमताका २ वटा पेट्रोल ट्यांक, २५० किलोलिटर क्षमताका २ वटा ट्रान्समिक्स ट्यांक, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशालाको निर्माण हुने बताए । प्रमुख यादवले फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पीएमसीसी कक्ष निर्माण समेत हुने बताए ।

उनले भने, ‘मोतिहारी अमलेखगञ्ज मल्टिप्रोजेक्ट पाइपलाइन हो । यसबाट पेट्रोल,डिजेल र मट्टितेल तीनवटै ल्याउन मिल्छ । पहिलो चरणमा निगमले पेट्रोल र मट्टितेल भण्डार र ल्याप बनाउन सकिएको थिएन । त्यसैले पाइपलाइनबाट डिजेल मात्रै आयात गरियो । पाइपलाइनबाट डिजेल  तीन वर्ष आयात गरियो । पाइपलाइनबाट डिजेल आयात गर्ने एक दिन पनि अवरोध भएन । २४ घण्टा समेत सञ्चालनमा आयो । पाइपलाइनबाट डिजेल आयात गर्दा निगमको टेक्नीकल लागतलाई शुन्यमा झा¥यो । डिजेल आयात गर्दा ढुवानी भाडा र टेक्नीकल खर्च वार्षिक रुपमा करिव २ अर्ब रुपैयाँ वचत भयो । पहिलो चरणमा केही काम बाँकी थियो । अहिले निगमले बाँकी रहेको काम दोस्रो चरणमा पेट्रोलको एउटा ट्यांकी, ट्रान्समिक्स ट्यांक र अटोमेसन लोडिङ वेबको निर्माणका लागि गत डिसेम्बर १५ तरिका दिन शिल्यान्यास भएर काम शुरु भएको छ । अहिले मेकानिकल र ठेकेदार कम्पनीले निर्माण कार्य शुरु गरिसकेको छ । सन् २०२३ को डिसेम्बरसम्म निर्माण कार्य सम्पन्न हुन्छ । सन् २०२४ को जनवरीदेखि पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाट ल्याउनेछौं । डिजेल र पेट्रोल दुवै पाइपलाइनबाट आयात गर्दा निगमको मासिक रुपमा ढुवानी भाडा र टेक्नीकल लस गरे १५ करोड रुपैयाँ वचत हुन्छ । अहिले १९ हजार ८ सय किलो लिटर डिजल रहेको छ । ३४ सय किलोलिटर पेट्रोलको रहेको छ भने सबै निर्माण कार्य सम्पन्न भएपछि ४१ हजार ८ सय किलोलिटर डिजेलको भण्डार क्षमता हुन्छ ।’

प्रमुख यादवका अनुसार आयोजना निर्माण सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुनेछ । उनले अमलेखगञ्जदेखि बरौनीसम्म आयातका लागि प्रयोग हुँदै आएको ट्यांकरको संख्या शुन्य हुने बताए । उनले यसबाट प्राविधिक नोक्शानी शुन्य हुने, ढुवान भाडा बचत हुने तथा वातावरणीय प्रदुषण कम गर्न समेत सहयोग पुग्ने बताए ।

उनले तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुँदा अर्बौं रुपैयाँ वचत हुने अनुमान रहेको बताए । उनले तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुँदा ७ सय ट्यांकर आवाजावत हुने बताए । उनले दोस्रो चरणको निर्माण कार्य सम्पन्न हुँदा अमलेखगञ्जको सम्पूर्ण काम अटोमेटिक रुपमा हुने बताए । उनले पाइपलाइनको ४२ प्रतिशत प्रयोग भएपनि दोस्रो चरणको निर्माण कार्यसम्पन्न हुँदा पूर्णरुपमा प्रयोग हुने बताए ।

उनले भने, ‘मेनुअल रुपमा ट्यांकरमा पेट्रोल,डिजेल भर्दा तेल पोखिने र तेल पोखिँदा आगो लागि जस्ता समस्या हुनसक्ने भएकाले अटोमेटिक मेसिनमार्फत ट्यांकरहरुमा तेल भर्दा बढी वा घटी नहुने हुन्छ । तेल भर्दा समयको पनि व्यवस्थापन हुने हुन्छ । सुरक्षाको हिसावले अटोमेटिक ल्याबको आवश्यकता हुन्छ । अमलेखगञ्जमा डिपोमा अहिले बिक्री कम भएको छ । अहिले यो डिपोमा ५ सय ट्यांकरको आवाजजावत हुने गरेको थियो । पेट्रोल समेत पाइपलाइनबाट आए पश्चात यो डिपोमा ७ सय ट्यांकरहरु आवातजावत हुन्छन् । निगमले तीन वर्षसम्म पाइपलाइन बनाएर पनि पूर्ण रुपमा प्रयोग गर्न सकेनौं । अहिले ४२ प्रतिशत मात्रै प्रयोग भएको छ । डिजेट,पेट्रोल दुबै  पाइपलाइनबाट ल्याउँदा पाइपलाइनको पूर्ण प्रयोग र ट्यांकरहरुको आवतजावत बढ्नेछ । निगमले अब अमखगञ्जदेखि चितवनसम्म पेट्रोलिय पदार्थको पाइपलाइन बिस्तारको योजना रहेको छ । पाइपलाइन अध्ययनको लागि बजेट समेत छुट्याइएको छ । अर्को सिल्गुढीदेखि झापासम्म ३५ किलोमिटरको पाइपलाइन बिस्तारको योजना रहेको छ । अर्को भारतको मोतीहारीबाट सर्लाहीसम्मको ग्यास पाइपलाइन बिस्तार गर्ने योजना रहेको छ ।’

निगमले एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेल समेत आयात गर्न सम्भव भएपनि भण्डारण गर्ने क्षमता नहुँदा तीन वर्षसम्म ट्यांकरबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो । उक्त परियोजनाको लिखिता इन्फास्ट्रक्चर प्रा.लि. ले एक वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी सबै पूर्वाधार निर्माणको ठेक्का लिएको छ ।

यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ । ९० दिनको इन्धन भण्डारण गर्ने सरकारको नीति अनुसार थप ५÷५ हजार किलोलिटर क्षमताको ट्यांक निर्माणको तयारी समेत शुरु गरिएको छ । सम्पन्न भएपश्चात मात्रै ५ दिनको माग धान्नसक्ने डिजेल र ७ दिनको माग धान्नसक्ने पेट्रोलको भण्डारणको क्षमता पुग्ने भएको छ

Logo