गृहमन्त्रीका विषयमा सत्ता गठबन्धनमा विवाद छैन, केही दिनमै टुंगिन्छ -शक्ति बस्नेत

गृहमन्त्रीका विषयमा सत्ता गठबन्धनमा विवाद छैन, केही दिनमै टुंगिन्छ -शक्ति बस्नेत


नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले गृह मन्त्रालयको विषयलाई लिएर सत्तारुढ दलहरुबीच विवाद नभएको दावी गरेका छन् । 

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उपमहासचिव बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीसहित सत्तारुढ दलहरुबीच यस विषयमा छलफल भईरहेको र केही दिनमै टुंगिने पनि स्पष्ट पारे । उनले सर्वोच्च अदालतको फैसला विस्तृत रुपमा अध्ययन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सो सम्बन्धमा केही दिन पर्खनुपर्ने भनेको जिकीर समेत गरे । 

उपमहासचिव बस्नेतले राष्ट्रपति चयनका विषयमा आफ्नो पार्टीले निर्णय गरिनसकेको पनि बताए । राष्ट्रिय सहमतीका लागि प्रयास गर्ने भनिएपनि त्यस सम्बन्धमा पार्टीले आफ्नो पोजिशन क्लियर गरिनसकेको उनको भनाई थियो ।

Skip This
Logo