रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक जनाले गरे आत्मदाहको प्रयास

रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक जनाले गरे आत्मदाहको प्रयास


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्याय दिनु पर्ने भन्दै जुम्लामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । 

बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ड्राइभर गोकर्ण कार्कीले शरीरमा पेट्रोल खन्याइ आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेका हुन् । तर, उनलाई प्रहरीले तत्कालै उद्दार गरेको छ । हाल कार्कीको अवस्था सामान्य नै देखिएको छ । 

गत साता सर्वोच्च अदालतले रास्वपाका सभापति लामिछानेको नेपाली नागरिकताको प्रमाणपत्र अवैध ठहर गर्दै सांसद, उपप्रधान तथा गृहमन्त्रीसहित सबै जिम्मेवारीबाट पदमुक्त गरेको थियो । गत आइतबार अमेरिकाको नागरिकता त्यागेको निस्सा पेस गरेर नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका उनले त्यसयता गृहमन्त्री पदका लागि गरेको लविङ गरिरहेका छन् । आजै मात्र उनले आफ्नो मौनता आजसम्मका लागि मात्र रहेको र आफू अभिमन्यु नभएको बताइसकेका छन् । 

Logo