३ भदौ २०७९ शुक्रबार
1
1
1
1

0 Shares

आमाको नामबाट नगारिकता पाउनु पर्ने माग

1
1
1
1
1

काठमाडौँ, २० , भदौ

कानुन व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनले आमाको नामबाट वंशजको आधारमा निसर्त नगारिकता पाउनु पर्ने सुनिश्चितता माग गर्दै २६ बुँदे सिन्धुली घोषणापत्र जारी गरेको छ । आत्मसम्मान र राज्यविहीनताको अवस्था सिर्जना भएकाले नेपाली आमाले आफ्ना सन्तानलाई वंशजको आधारमा निसर्त नागरिकता प्रदान गर्ने सुनिश्चितता गर्नका लागि संविधान संशोधन गर्न सम्मेलनले माग गरेको हो ।

सो सम्मेलनले नागरिकताको सम्बन्धमा वर्तमान संविधानको धारा ११ (३) मा भएको व्यवस्था तथा अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी कानुनका दस्तावेज महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि कार्यान्वयन गर्न माग गरेको छ । बालबालिका सम्बन्धी महासन्धि, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध तथा प्रथागत मान्यताहरू समेतको प्रतिकूल भई लैंगिक असमानता, व्यक्तिको पहिचानमा अवरोध आएको, आमाको नामबाट निसर्त नागरिकता दिनुपर्ने सो सम्मेलनले माग गरेको छ । त्यसैगरी महिला र आर्थिक सामाजिक तथा सांस्कृतिक एवं जैविक रूपमा असक्षम पक्षलाई कोर्ट फी मिनाहा गर्ने नीति तथा कानुन निर्माणका लागि नेपाल बार एसोसिएसनको समेत ध्यानाकर्षण गराएको छ ।
राजधानीबाट

 

प्रकाशित: २० भदौ २०७४ ०८:३७ मंगलबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी