कांग्रेसले फेरि राजनीतिक अस्थिरता निम्त्याउन खोज्यो -ओली

कांग्रेसले फेरि राजनीतिक अस्थिरता निम्त्याउन खोज्यो -ओली


सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारबाहिर रहँदा पानीबिनाको माछाजस्तै नेपाली कांग्रेस छट्पटाएको बताएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकार बाहिर रहँदा कांग्रेस पानीबिनाको माछाजस्तै छट्पटाएको बताएका हुन् । संसदमा कांग्रेसले निभाएको भूमिकाप्रति आशंका उब्जाएका उनले आफूलाई प्रतिपक्षीको रुपमा कांग्रेसले स्वीकार्नसमेत नसकेको टिप्पणी गरे । 

संविधान जारी भएपछि सातवटा प्रधानमन्त्री बनेको भन्दै उनले विगतजस्तै फेरि राजनीतिक अस्थिरता निम्त्याउन खोजेको आरोप लगाए । 

Logo