मेलम्ची पहिरो अपडेट : ३ जनाको शव भेटियो, उद्दार जारी

मेलम्ची पहिरो अपडेट : ३ जनाको शव भेटियो, उद्दार जारी


सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ३ जनाको शव निकालिएको छ । बाँकीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

मेलम्चीमा गए राति गएको पहिरोमा परि ८ जना बेपत्ता भएका थिए । रातभरि परेको अविरल वर्षासँगै पहिरो खसेर घर पुरिएपछि ८ जना बेपत्ता भएका हुन् ।

वाग्मती प्रदेश सरकारले निर्माण थालेको कभर्ड हल बनाउन खटिएका कामदार बसेको घर पहिरोले पुरिंदा ८ जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । पहिरोमा ९ जना पुरिए पनि १ जनाको भने जिवितै उद्दार गरिएको बताइएको छ । स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले उद्दार गरिरहेका छन् ।

सिन्धुपाल्चोकमा यस अघि पनि गएको असार २५ गते बाह्रबीसेमा पहिरोमा परि २२ जना बेपत्ता छन् । ३ जनाको मृत्यु भएको थियो भने फुल्पिंगकट्टीमा ५ जनाको मृत्यु भएको थियो ।

Logo