विदेशी अधिकारीसँग विकास सहायता र आर्थिक कुटनीतिमा छलफल भयोः मन्त्री पौड्याल

विदेशी अधिकारीसँग विकास सहायता र आर्थिक कुटनीतिमा छलफल भयोः मन्त्री पौड्याल


परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले नेपाल भ्रमणमा आउने विदेशी अधिकारीहरुसँग सरकारले विकास सहायता र आर्थिक कुटनीतिमा छलफल गरेको बताएकी छन् । 

शुक्रवार संसदको दुवै सदनको बैठकपछि संसद भवन बानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री पौड्यालले नेपाल भ्रमणमा आउने गरेका विदेशी अधिकारीहरुसँग विकास सहायता र आर्थिक कुटनीतिको कुरा भएको बताएकी हुन् । उनले दुई देशबीचका व्यापार सम्बन्धको विषयमा पनि कुरा भएको उल्लेख गरिन् । 

मन्त्री पौड्यालले भूराजनीतिक विषयमा कुनैपनि भ्रमणमा कुरा नभएको स्पष्ट पारिन् ।  उनले आफूहरुले मित्रराष्ट्रहरुलाई विकास साझेदार ठानेको बताइन् । विकास र कुटनीतिमा सहयोग मागेको पनि उनले बताइन् । 

Logo