आज ‘जनयुद्ध’ दिवस, सार्वजनिक बिदा

आज ‘जनयुद्ध’ दिवस, सार्वजनिक बिदा


आज जनयुद्ध दिवस, दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

शनिबार बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो  । सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको यो पहिलो पटक हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरेको तेस्रो पटकमा यस्तो सार्वजनिक बिदा  दिइएको हो ।

‘वि.सं २०७९ साल फागुन १ गते सोमबारका  दिन जनयुद्ध दिवसको अवसरमा नेपाल राज्य भर बिदा दिने नेपाल सरकार, मन्त्रिपरिषदबाट २०७९ माघ २९ गते निर्णय भएको हुदाँ सबन्धित सबैको जानकारी लागि यो सुचना प्रकाशित गरिएको छु’ गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको कर्णाली र बाग्मती प्रदेशले पनि जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिन निर्णय गरिसकेका थिए । सो प्रदेश अन्तर्गतका कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएको हप्ता दिनमा नै संघीय सरकारले पनि आज सार्वजनिक बिदा दिने निर्णय लिएको हो । संघीय सरकारले तोकेको बिदा बाहेक प्रदेश सरकारले आफ्नो प्रदेशमा ६ वटासम्म अलग बिदा दिन पाउने अधिकार छ ।

Logo