काठमाडौं,
धादिङको बेनिघाटमा ग्यास बोकेको भारतीय बुलेट दुर्घटना भएको छ । वीरगन्जबाट काठमाडौं आउँदै गरेको पीआर ०६ जिडी १११३ नम्बरको बुलेट आज बिहान सडक छेउमा पल्टिएको थियो।
अर्को गाडीमा ठक्कर खाएर ग्यास बुलेट सडकमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । बुलेट सडकमा पल्टिएपछि पृथ्वी राजमार्गमा आइतबार बिहानदेखि एकतर्फी मात्र सवारी साधन चलिरहेका छन् ।
प्रकाशित: १ मंसिर २०७६ ११:५० आइतबार