अफगानिस्तानमा भीषण हिमपहिरो र बाढी, व्यापक भौतिक क्षति

अफगानिस्तानमा भीषण हिमपहिरो र बाढी, व्यापक भौतिक क्षति


भारी वर्षाका कारण हिमपहिरो र अचानक आएको बाढीले उत्तरी अफगानिस्तानमा व्यापक क्षति भएको छ । लाखौँको भौतिक सम्पत्ति नष्ट भएको छभने  सयौँ मानिस घरबारविहीन भएका छन् ।

प्राकृतिक प्रकोप व्यवस्थापन र मानवीय मामिलाका प्रान्तीय सरकारका निर्देशक मौलावी मोहम्मद अक्रम अकबरीले देशको उत्तरी बदख्सान प्रान्तको कोफाब जिल्लामा शनिबार दिउँसो भीषण वर्षा भएको जानकारी दिँदै जिल्लाको चान्टियो गाउँमा हिमपहिरो र बाढीले २० घर, २५ पसल र छ सय एकड जमिन पूर्णरुपमा ध्वस्त पारेको बताएका छन् ।

साथै उनले पीडित परिवारलाई सहयोग गर्न आह्वान गरेका छन् । विपद् पीडित परिवारलाई बेवास्ता गर्दा उक्त गाउँमा थप विपत्ति निम्तने चेतावनी उनले दिएका छन् । 

केही दिनअघिको भूकम्पले प्रान्तीय राजधानी फैजाबादमा र बाहिरका ७५ आवासीय घर  ध्वस्त पारेको थियो । अफगानिस्तानमा पछिल्लो एक महिनामा भारी हिमपात र हिमपहिरोका कारण बालबालिकासहित करिब दुई सय जनाको ज्यान गएको छ । -सिन्ह्वा

Logo