नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रणसिङ परियार र सचेतकमा मिलन खड्का नियुक्त गरेको छ ।
बुधबार राति बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले परियारलाई प्रमुख सचेतक र खड्कालाई सचेतकमा नियुक्त गरेको हो । हुम्ला प्रदेश सभा (क) बाट निर्वाचित सांसद परियारले यसअधि मन्त्रीमा दाबी गर्दै आएका थिए । तर पार्टीले प्रमुख सचेतक बनाएको छ।
सचेतक खड्का रुकुम पश्चिमकी खड्का समानुपातिक सांसद हुन् । गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका राजकुमार शर्माले लामो समयसम्म दलको प्रमुख सचेतक र सचेतक नियुक्त गर्न नसकेको भन्दै आलोचना खेप्दै आएका थिए ।
प्रतिक्रिया